समाचार

म सधै सामुदायिक बनकाे पक्षमा छु – मेयर मुक्तिनाथ यादव

ज्याेति पन्थि बर्दिया । नेपाल सरकार मन्त्री परिषदको मिति २०७७ जेठ १५ र २०७७ जेठ २८ को निर्णय बदर गर्न माग गर्दै सामुदायिक बन उपभाेक्ता महासघ बर्दियाले गुलरिया नगरपालिकामा ज्ञापन पत्र बुझाएकाे छ । मन्त्रि परिषदले गत जेठ १५ र २८ मा निर्णय गरेर बन पैदमवार जन्य बस्तुहरू खरिद बिक्रि गर्न राेक लगायकाे थियाे । सामुदायिक बन महासंघ बर्दियाले सरकारले बन पैदावार राेकेर उपभभाेक्ताकाे अधिकार हनन गरेकाे भन्दै तत्काल मन्त्रि परिषदकाे निर्णय बदर गरि उपभाेक्ताकाे बन संगकाे सम्बन्ध सुचारू गर्न माग समेत गरेकाे छ । पछिल्लाे समय गत जेठ २ गते देखि सरकारले सामुदायिक बनकाे काठ कटान र बिक्रि बितरणमा राेक लगाय पछि कटान भएका काठ समेत कुहिने अवस्थामा पुगेका छन । सामुदायिक बनकाे ज्ञापन पत्र बुझ्दै गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले सरकारका कारण उपभाेक्ताकाे अधिकार हनन हुन नहुने बताउदै तत्काल मन्त्रि परिषदकाे निर्णप सच्चाएर उपभोक्ता र बन बिचकाे दुरि घटाउनु पर्ने धारणा राख्नु भयाे ।

Related Articles

Back to top button