मंगलबार , मंग्सिर २१, २०७८

आत्मनिर्भर बन्दै बर्दियाका दलित महिला

मंग्सिर १५, २०७७ सोमबार 65

आत्मनिर्भर बन्दै बर्दियाका दलित महिला

ज्याेति पन्थि बर्दिया १५ मंशिर । बर्दिया जिल्लाकाे बढैयाताल गाउपालिका वडा नं १ डाफेका दलित महिलाहरूलाई भ्याई नभ्याई छ । समुदाय स्तरमै तरकारि खेति गर्न शुरू गरे पछि यति बेला डाफेका देलित महिलाहरू निकै ब्यस्त देखिन्छन । केही महिना अघि फुर्सदिला देखियका महिलाहरू यति करसाबारि तरकारि खेति र च्याउ खेतिमा ब्यस्त हुन थाले पछि त्यस गाउका पुरूषहरू पनि दंग छन ।

बर्दियामा लामाे समय देखि दलित महिलाकाे बिषयमा वकालात गर्दै आई रहेकाे दलित महिला संघ बर्दियाले शुरू गरेकाे घुम्तिकाेष संकलन र बीउ बिजन सहयाेग कार्यक्रमबाट जम्मा भएकाे रकमले यति बेला महिलाहरू आयआर्जनकाे काममा समेत निकै ब्यस्त देखिन्छन । बढैयाताल गाउपालिकाका महिलाहरू यति बेला च्याउ खेती र करेसाबारि तरकारि उत्पादनमा लागेकाे दलित महिला संघ बर्दियाकि अध्यक्ष हिमा सुनारले बताउनु भयाे । पहिला पहिला महिलाहरूलाई केही पैशाकाे समस्या हुने गरेकाे भए पनि यति बेला महिलाहरू आफै आय आर्जनकाे काममा लागेर आमदानि गर्न लागेकाे समेत उहाले बताउनु भयाे ।

महिलाहरूलाई तरकारि खेतिका लागि तालिमकाे समेत ब्यवस्था दलित महिला संघले मिलाई दिएकाे छ । हामिहरू घरकाे काममा मात्र सिमित हुने गरेका थियाै हामिलाई दलित महिला संघले समुहमा आवद्व गरायाे र घुम्ति काेषकाे स्थापना समेत गरि दियाे त्यसैले आज भाेलि हामिहरू आामदानिकाे बाटाे तर्फ लागेका छाै जमुनि १ कि सीता बि.क.ले बताउनु भयाे । उहाले भन्नू भयाे हामिहरूलाई आमदानिकाे बाटाे देखाउने नै दलित महिला संघ हाे ।