बर्दिया कारागारमा रहेका महिलालाई न्यानाे “शल” बितरण

बर्दिया १५ मंशिर । गुलरिया नगरपालिकाले १६ दिने लैंगिक हिसा न्युनिकरण अभियान अन्तर्गत बर्दिया जिल्लाकाे जिल्ला कारागारमा रहेका महिला कैदि बन्दिहरूलाई न्यानाेसल र भादा स्थित बृद्व आश्रममा रहेका जेष्ट नागरिक तथा असाहायहरूका लागि न्यानाे कम्बल बितरण गरेकाे छ । जिल्ला कारागारमा थुनुवा रहेका २८ जना महिलाहरूका लागि न्यानाे सल बितरण गरिएकाे छ भने भादा स्थित आश्रममा रहेका १२ जना जेष्ठ नागरिकहरूका लागि ब्यालेङकेट बितरण गरिएकाे गुलरिया नगरपालिकाका का उप प्रमुख शुशिला गिरिले बताउनु भयाे । गिरिले विभिन्न समस्या का कारण कारागरमा रहेका दिदी बहिनिहरूले पनि लैगिक हिसा न्युनिकरणका बारेमा जानकारि पाउनु पर्ने भएकाले र उनिहरूलाई पनि कार्यक्रमका बारेमा समेत जानकारि गराउनु भएकाे थियाे । उक्त कार्यक्रममा गुलरिया नगरपालिकाका महिला तथा बालबालिका शाखाका प्रमुख शिला शाह, अधिवक्ता लक्ष्मि नेपाल र गुलरिया नगरपालिकाका प्रेस सल्लाहकार ज्याेति पन्थिकाे समेत सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal