समाचार

बर्दियाकाे मधुवनमा फेरि बाघकाे आ’क्रमण

बर्दिया १३ कार्तिक — बर्दिया जिल्लाकाे मधुवन नगरपालिका वडा नं ५ स्थित सामुदायिक वनमा शनिबार दिउँसो बाघले आ’क्रमण गर्दा एक महिला घा’इते भएकी छन् ।
नेपाल भारत सिमाना अन्तर्गत पर्ने सिराैटे सामुदायिक वनमा बाख्रा चराउन गएकी महिलालाई बाघले आ’क्रमण गरेको हो । सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर राउतका अनुसार आ’क्रमणमा स्थानीय ४२ वर्षीया ललिसरा पुन घा’इते भएकी छिन् । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
५/६ जना महिला बाख्रा चराउन जाँदा बाघले आ’क्रमण गरेपछि उनीसँग गएकी महिलाले चिच्चाउँदा बाघ भागेकोले मानवीय क्षति हुन पाएन । घटनालगत्तै सीमामा तैनाथ सशस्त्र प्रहरी बल, बर्दिया राष्ट्रिय निकुञ्ज र वनका कर्मचारी बाघलाई नियन्त्रणमा लिन परिचालन भएका छन् । यस क्षेत्रमा करिब डेढ महिनायता बाघले चार जनाको ज्या’न लिएको छ । न’रभक्क्षि बाघले पछिल्लाे समय मधुवन नगरपालिका क्षेत्रमा ४ जनाकाे ज्यान लिएकाले तत्काल बाघ नियन्त्रणमा लिन मधुवन नगरपालिकाका नगरपालिकाका नगर प्रमुख गणेश बहादुर क्षेत्रिले सम्बन्धित निकायलाई अनुराेध गर्नु भएकाे छ ।

Related Articles

Back to top button