भिरबाट जिप खसेर आज बिहानै पाँचजनाको मृ ’ त्यु

गुल्मीको इस्मा गाउँपालिकामा शुक्रबार बिहान जिप दुर्घटना हुँदा पाँचजनाको मृ’त्यु भएको छ । इस्मा–४ हुल भन्ने ठाउँबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप सडकबाट खस्दा पाँचजनाको घटनास्थलमै मृ’त्यु भएको हो।
इस्मा प्रहरी चौकीका इन्चार्ज मोहनलाल अधिकारीले जिपमा सवार तीनजना पुरुष र दुईजना महिलाको घटनास्थलमै मृ’त्यु भएको बताए। जिपमा सवार एकजना बेपत्ता छन् भने अर्का एकजना घाइते भएका छन्।
जिप टुक्राटुक्रा परेकाले बेपत्ता व्यक्ति भिरमै कतै अड्किएको हुन सक्ने प्रहरीले जनाएको छ ।
मृतकहरूको सनाखत हुन सकेको छैन। घटनाबारे पूरा विवरण आउन बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal