सोमबार , अषोज ४, २०७८

नेकपा सचिवालय बैठक शुरू प्रचण्डकाे प्रश्नमा ओेलीले उत्तर दिने

मंग्सिर १३, २०७७ शनिबार 13

नेकपा सचिवालय बैठक शुरू प्रचण्डकाे प्रश्नमा ओेलीले उत्तर दिने

काठमाडौं, १३ मंसिर । पूर्वनिर्धारित समयमै प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु भएको छ । गत मंसिर ३ गते बसेको सचिवालय बैठकले शनिबार आज १ बजे अर्को बैठक बस्ने मिति तय गरेको थियो ।

अहिले बालुवाटारमा सचिवालय बैठक चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । शनिबारको बैठकमा गत ३ गते कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राख्नु भएको १९ पृषठकाे राजनीतिक प्रस्ताबको प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले उत्तर दिनु हुने भएको छ ।

दुई अध्यक्षबीच असमझदारी बढ्दै जाँदा पत्रमार्फत एक अर्कामा आरोप प्रत्यारोप चल्दै आएको छ । अध्यक्ष प्रचण्डको प्रस्तावलाई ओली पक्षले आरोप पत्र भनेको छ । प्रधानमन्त्री ओलीले प्रस्तावमाथि लिखित उत्तरका लागि १० दिनको समय माग्नु भएको थियो ।

दुई अध्यषबीचको असमझदारीले नेकपाको एकता नै संकटमा परिरहेको छ । ९ सदस्यीय नेकपा सचिवालयमा प्रधानमन्त्री ओली पक्ष अल्पमतमा परेको छ ।