Sunday, October 25सुदुर मिडिया द्वारा संचालित
Shadow

नेपालमा आज मात्रै थपिए ५००० भन्दा बढी कोरोना संक्रमीत:सरकार लकडाउन गर्ने तयारिमा

नेपालमा आज मात्रै थपिए ५००० भन्दा बढी कोरोना संक्रमीत:सरकार लकडाउन गर्ने तयारिमा-                    काठमाडौं, असोज २४ गते : शनिवार नेपालमा थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परीक्षणमा आज ५ हजार ८ जनामा कोरोना संक्रमण देखिएको हो ।

योसँगै संक्रमितको कूल संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ ।त्यस्तै, गएको २४ घण्टामा १ हजार २ सय २९ जना डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको संख्या ७४ हजार २ सय ५२ पुगेको छ । अहिले देशभर ३० हजार ८ सय १८ जना संक्रिय संक्रमित छन् ।