समाचार

जिप दु’र्घटनामा ५ काे मृ’त्यु

मंशिर १२ । इश्मामा जिप दु’र्घटना हुँदा ५ जनाको मृ’त्यु भएको  छ ।

इश्मा गाउँपालिका २ बाट तम्घासतर्फ आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप हुलको विद्यालय नजिकै दु’र्घटना हुँदा ५ जनाको मृ’त्यु भएको हो । मृत्यु हुनेमा इश्मा २ हुलका डम्बर बहादुर हितान, सुन्दरी थापा, शिव बहादुर दर्लामी, धन बहादुर अछामी, बसन्त दर्लामी रहेको बताइएको छ ।

दुर्घटनामा सरस्वती दर्लामी र फर्सु थापा घाइते भएको र उनीहरुको अबस्था गम्भिर रहेको स्थानीय राम बहादुर कार्कीले बताए । ब्रेक फेल भएर दु’र्घटना भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । दुर्घटनामा जिम १ हजार मिटर भन्दा धेरै भिरबाट खसेको र चालक सकुसल रहेको कार्कीले बताए ।

Related Articles

Back to top button