प्रचण्ड पार्टीमा बस्न मिल्दैन’ १३ गतेको बैठक अन्तिम हुनसक्छ : सुर्य थापा

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाको भनाइले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष प्रचण्ड र ओली वीचको तिक्तता झनै चु’लिएको छ। अध्यक्ष दुबैका आआफ्ना पक्षको आ’रोप-प्र’त्यारोप र पत्र प्रहा’रले आगामी १३ को सचिवालय बैठकमा नै पार्टी एकीकरणको वा फेरी अर्को तरंग पैदा हुने हो भन्नेमा शंका पनि बढेको छ । ‘कि तँ छैनस् कि म छैन’ को स्थितिमा पुगेको अध्यक्षद्वयको ट’करावपछि ओली पक्षका नेताहरू प्रचण्डले पार्टीमा रहने नैतिकता नै गुमाएको बताउन थालेका छन् । प्रचण्डले गुट र अखडा नचिन्न त विधान पढ्नु पर्‍यो नि ! ताहचलको बाछाबाछी टोलको गुटको भेला जहाँ ६ जना नेता हुनुहुन्थ्यो, खुमलटारमा गरेको भेला, अँगेनोमा गरेको भेला, झम्सिखेलमा गरेका भेला, भैँसेपाटीमा गरेको भेला, हात्तीवनमा गरेको भेला, पेरिसडाँडामा गरेको भेला, धुम्बाराहीमा गरेको भेला, ती सबै गुटगट भेला थिए, संस्थागत होइनन् । गुटगत हुन् । समूहगत हुन् । बैठक होइनन्, भेला हुन् । निर्लज्जतापूर्वक गुटबन्दी हुन् ।

गत साउन २१ मा थापागाउँको एउटा कलेजमा चार जना ‘ग्याङ अफ फोर’ (प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ)ले गरेको संयुक्त पत्रकार सम्मेलनमा ‘चार्ज सिट’ को पनि विषय उठ्यो । त्यस बेला उहाँहरूले भन्दै हुनुहुन्थ्यो- हामी वैशाखदेखि नै ‘चार्ज सिट’ सहित उपस्थित हुनुपर्ने, गल्ती भयो ।

शायद अहिले कार्यकारी अध्यक्षको हस्ताक्षर र हैसियत दुरुपयोग गरेर त्यसैको कार्यान्वयन भएको होला । त्यसको एउटै मात्र मक्सद छ- सैद्धान्तिक, राजनीतिक र वैचारिक नेतृत्वका हिसावले अब्बल प्रधानमन्त्री एवं प्रथम पार्टी अध्यक्ष सम्माननीय केपी शर्मा ओलीलाई केही गर्न सकिएन, अब चाहिँ चरित्र हत्या गर्ने, बदनाम गर्ने, ला’ञ्छना लगाएर जनतामा एक्पोज गर्ने । यसका लागि प्रवक्तासमेत प्रयोग भएको देखियो । त्यो अराजनीतिक प्रस्तावलाई प्रवक्ताले पार्टीको गोपनीयतासमेत बेवास्ता गर्दै मिडियालाई नै उपलब्ध गराएको पाइयो । यो सबै निकै ठूलो दु’रासय र षड्यन्त्रबाट नै प्रेरित छ ।

अब रह्यो प्रधानमन्त्रीले भनेको कुरा । उहाँले प्रष्ट भन्नुभएको छ । जसले उहाँका वि’रूद्ध जेजस्ता अभि’योग लगाएका छन्, त्यो पुष्टि भएमा म प्रधानमन्त्री र पार्टी अध्यक्ष बस्न मिल्दैन । ती अभि’योग पुष्टि गर्ने जिम्मा अभियोग लगाउनेको हो । यदि त्यो पुष्टि भएन भने तपाईं (प्रचण्ड) पार्टी अध्यक्ष बस्न मिल्दैन भन्नुभएको छ । यो उहाँले सैद्धान्तिक, नैतिक एवं व्यावहारिक हिसावले एकदमै सही भन्नुभएको छ ।

अभियोग पुष्टि गर्ने दायित्व उहाँ (प्रचण्ड) को हो । पुष्टि भएन भने त उहाँलाई पार्टीमा बस्ने मोरल (नैतिक) त बाँकी रहँदैन । उहाँले एकदमै सजिलैसँग हस्ताक्षर गर्नुभयो । ड्राफ्ट कसले गर्‍यो, कुन शक्ति केन्द्रले हो, म जान्दिनँ । पार्टीको कार्यकारी अध्यक्षको हैसियतमा बसेर यस्तो ना’ङ्गो नाच नाच्नु हुने थिएन । यो नाङ्गो नाच हो ।

निर्लज्जतापूर्वक उहाँले यसमा हस्ताक्षर गर्नु भएको छ । यो अराजनीतिक हो । उहाँलाई यो अधिकार पनि छैन । अनधिकृत हो । यो गै’रजिम्मेवारी हो । यो तथ्यहरूको भ्र’ष्टीकरण हो । साँढे उहाँ (प्रचण्ड) बन्न खोज्नुभयो ।

कार्यकारी अध्यक्षको हैसियत दु’रुपयोग गरेर उहाँ पशुपतिमा डामेर छाडेको साँढेजस्तो बन्नु भयो । यो पार्टीको विधान, अभ्यास र पछिल्लो स्थायी कमिटी बैठकको निर्णयका वि’रूद्ध छ । उहाँले यी कुनै कुराको मतलब राख्नु भएन ।

पार्टीको अन्तरिम विधानले सहमतिको कुरा गरेको हो भने प्रचण्डको प्रस्तावपछि प्रधानमन्त्रीले ‘कि तँ छैनस्, कि म छैन’ को आशय व्यक्त गर्नुको अर्थ अझै पार्टी एक भइरहन्छ र ? ‘तँ छैनस् कि म छैन’ भनेर त्यो तपाईंहरूले गरेको व्याख्या हो । भाषामा त्यो छैन । त्यसको आशयलाई पनि यो हदको अर्थ लाउन मिल्दैन ।
ब’दनाम गरेको, अनैतिक हिसाबले आक्रमण गरेको, दुश्मनले नगरेको हमला गरेको यावत अनुचित आरोप पुष्टि नहुँदा त उहाँ (प्रचण्ड) ले छाड्नु पर्छ त ! यो खालको गोरखधन्दामा लागेको मान्छे कसरी पार्टीको कार्यकारी अध्यक्ष हुन सक्छ ।

उहाँ मुख्य होइन, सहायक मात्रै हो । उहाँसँग अरू मिसिएको होइन । उहाँ मिसिन आउनुभएको हो । आफ्नो हैसियत बिर्सन हुन्न, त्यसमा बस्न जान्नु पर्छ । यहाँ त प्रचण्ड एक्लैको कुरा छैन । बहुमत सचिवालय सदस्यहरू एकातिर छन् । ती सबै गलत, प्रधानमन्त्री मात्रै ठीक भन्न मिल्छ ? विधानभन्दा बाहिर गएर कसैले गर्ने चलखेल र खेलोफड्कोको अर्थ छैन ।

कमिटी सिस्टम त विधान बमोजिम लागू हुन्छ । विधानले के व्यवस्था गरेको छ, त्यो पढ्नु पर्‍यो नि ! पूर्वएमाले वा पूर्वमाओवादीको विधान पढेर वा युद्धकालीन माओवादीको विधानले हुनेवाल केही छैन । सचिवालयका सदस्यले पहिला विधान पढ्नुहोस् । आफूलाई लागेको मात्रै कुरा गर्न मिल्दैन । उहाँहरूले त अहिले विधानविपरितका बैठक राखिरहनु भएको छ ।

एकल प्रस्ताव पेस गर्ने कुरा विधानले चिन्दैन । साझा प्रस्तावमात्र हो विधानले चिन्ने । अर्थात्, हाम्रो विधानमा ‘अध्यक्षका अधिकार र कर्तव्य’ शीर्षकमा भएको व्यवस्था अध्ययनका लागि अनुरोध गर्दछु । उहाँ (प्रचण्ड) विगतमा आफ्नो पार्टीमा ९९ जनाको केन्द्रीय कमिटीलाई १५३ हुँदै ४ हजार १०० पुर्‍याउने अभ्यास गर्दै बैठक नै कहिल्यै नबसाई आउनुभएको व्यक्ति हो ।

 

प्रतिक्रिया

job vacancy

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal