१४ वटा आईफाेन १२ म्याक्स लिएर डेलिभरि ब्वाय फरार
काठमाडौं, १२ मंसिर। चीनमा एक डलिभरी ब्वाइले १४ वटा लेटेस्ट आइफोन १२ प्रो म्याक्स लिएर फरार भएका छन् । कम्पनीले ग्राहकलाई पुर्याउनका लागि जिम्मा दिएका उक्त नयाँ आइफोन लिएर डलिभरी ब्वाइ फरार भएको जनाइएको छ ।
टाङ नाम गरेका उनी १ लाख ८० हजार युआन (झण्डै साढे ३२ लाख नेपाली रुपैयाँ) मूल्यका ती आइफोन लिएर भागेका हुन् । उनलाई कम्पनीले १४ वटा आइफोन सेट ग्राहककहाँ पुर्याउने जिम्मा दिएको थियो ।
चीनको अनलाइन सपिङ प्लेटफर्म मिटुआन डियानपिंगमा काम गर्दै आएका ती डलिभरी ब्वाइले ग्राहकका अर्डर नै रद्द गरेर सबै आइफोन लिएर भागेको बताइएको छ ।
आइफोन चोरेर फरार भएका युवकले आफूले चोरेका १४ वटा फोनमध्ये ४ वटा फोन अन भएको थियो । एउटा आइफोन भने उनी आफैले चलाउन थाले जसको कारण उनलाई नियन्त्रणमा लिन प्रहरी सफल भएको छ ।
दुई वटा फोन ऋण तिर्नको लागि साथीलाई दिएको, एउटा फोन पसलेलाई ९ हजार ५ सय युआनमा बेचेको र चौथो फोन एक मोवाइल डिलरलाई ७ हजार युआनमा बेचेको पक्राउ परेका डेलिभरी ब्वाइले बताए ।
नियन्त्रणमा लिएपछि उनलाई कुरियर क्षेत्रमा फेरि काम गर्न नपाउने गरी कालो सूचीमा राखिएको छ, भने जेल सजाय पनि हुन सक्ने जनाइएको छ ।