नेकपाकाे एकता जटिल माेडमा – अर्थमन्त्रि पाैडेल

बुटवल १० मंशिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवं नेपाल सरकारका अर्थमन्त्री बिष्णु पौडेलले नेकपाको आन्तरिक जीवन जटिल मोडमा रहेको बताएका छन । उनले यो समय एकता भाड्न चहानेहरु चल्मलाएको भन्दै त्यसबाट जोगिन समेत अनुरोध गरेका छन ।
दोस्रो पटक अर्थमन्त्री बनेपछि पहिलो पटक गृहनगर पुगेका पौडेलले नेकपाको एकता ठूलो संकटमा परेको भन्दै एकता बिथोल्न खोज्नेहरुबाट जोगिन अनुरोध गरे उनले नेकपा फुटोस भन्ने १ दर्जनसमेत नरहनेको उल्लेख गर्दै एकता जोगाउन अन्तिमसम्म लाग्ने प्रतिबद्धता समेत दिलाए ।
लुम्बिनी प्रदेशको स्थायी राजधानी बुटवलबाट अन्यत्र सारिएको भएपनि रुपन्देहीलाई आर्थिक हवको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन । प्रदेश राजधानी सारिएको बिरोधमा पार्टीबाट असन्तुष्ट बुटवलका उद्योगी ब्यवसायीहरुलाई नेकपाका महासचिव पौडेलले राजधानीको भरपाई हुने गरि बिकास दिने आश्वासन दिएका छन् ।
प्रदेशको राजधानी सार्ने समयमा आफू आन्दोलनमा सहभागी हुन नसकेको भन्दै उनले राजधानीलाई मुख्य बिषय नबनाउन आग्रह गरे, उनले रुपन्देहीको समग्र विकास मार्फत लुम्बिनी प्रदेशको राजधानीको भरपाइ गरिने प्रतिबद्धता ब्यक्त गरे । उनले औद्योेगीक तथा पर्यटनको हव बनाउन आफुले कुनै कसर बाँकी नराख्ने बताउंदै बुटवल र रुपन्देही आर्थिक विकासका हिसावले राजधानी भन्दा कम नहुने दाबी गरे ।
लामो समयदेखि राजधानीको बिषयमा आलोचित बनेका पौडेलले रुपन्देहीका फरकफरक आफ्हा दर्जन कार्यक्रममा सहभागी हुने र केही दिन रुपन्देहीनै रहने बताए उनको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

job vacancy

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal