समाचार

मानव बेचबिखन राेक्नेे प्रतिवद्वता सहित कार्यदलकाे बैठक सम्पन्न

बर्दिया ९ मंशिर ।  गुलरिया नगरपालिकामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्नका लागि गठीत कार्यदलकाे बैठक मंगलबार गुलरिया नगरपालिकामा सम्पन्न भएकाे छ । माईति नेपालकाे संयाेजन र गुलरिया नगरपालिकाकाे आायाेजनामामा सक्पन्न भएकाे बैठकमा गुलरिया नगरपालिकामा मानव बेच बिखन तथा ओसारपसार राेक्नका लागि कार्य गर्ने प्रतिबद्वता समेत जाहेर भएकाे छ । माईति नेपालकाे संयाेजनमा भएकाे कार्यक्रममा गुलरिया नगरपालिकाले आगामि दिनमा मानव बेच बिखन तथा ओसारपसार नियन्त्रण गर्न पालिका र ओडा स्तरमा रोकथाम, उद्धार र पुनःस्थापन का कार्यक्रमलाई थप फलदायि बनाउन भावी योजना र रणनिती समेत तय गरीने भएको छ । स्थानिय स्तरमा थप जनचेतनाका कार्यक्रम सहित स्थानिय संरचनाको सबलीकरण गर्दै जाने योजना गुलरियामा मानव बेचबिखन तथा ओसारपसार र असुरक्षित बसाइँसराइ नियन्त्रण गर्न थप फलदायी हुने माईति नेपालका कार्यक्रम संयाेजक केशव काेईरालाले बताउनु भयाे । यश अघि बर्दिया जिल्लाका ८ स्थानिय तह मधध्येमा मानव बेचबिखन राेक्न कार्य विधि निर्माण गर्ने पहिलाे नगरपालिका गुलरिया नगरपालिका भएकाे भय पनि आगामि दिनमा मानव बेच बिखन राेक्नका लागि नगरपालिका सहकार्य गर्न तयार रहेकाे गुलरिया नगरपालिकाका उप प्रमुख शुशिला गिरिले बताउनु भयाे ।

Related Articles

Back to top button