सोमबार , अषोज ४, २०७८

कछुवालाई किन मानिन्छ भगवान विष्णुको रुप ! यस्तो छ रोचक कथा….

मंग्सिर ९, २०७७ मंगलबार 27

कछुवालाई किन मानिन्छ भगवान विष्णुको रुप ! यस्तो छ रोचक कथा….

वास्त्रुशास्त्रमा कछुवालाई निकै शुभ मानिन्छ। कछुवामा नकारात्मक शक्ति हटाएर सकारात्मक शक्ति बढाउने अद्भुत ताकत हुने विश्वास गरिन्छ। धर्मशास्त्रमा कछुवालाई भगवान विष्णुको रुप पनि मानिन्छ।

भगवान विष्णुले कछुवाको रुप धारण गरी समुन्द्र मंथनको समयमा मंद्रांचल पर्वतलाई आफनो कब्जामा पारेका थिए ।भनिन्छ जहाँ कछुवा हुन्छ त्यहाँ लक्ष्मी आई बास गर्छिन। त्यसैले घरमा कछुवाको मूर्ति राख्नु निकै लाभदायिक मानिन्छ। आज हामी यस विषयमा चर्चा गर्दैछौँ

यस कारण राख्नुहोस् घरमा कछुवा:– कछुवा घरमा राख्नाले धन प्राप्ति हुन्छ भन्ने जन विश्वास रहदै आएको छ जसलाई धनको आवश्यकता हुन्छ त्यसले घरमा कछुवा राख्दा लाभ प्राप्त हुन्छ । घरमा कछुवा राख्नाले परिवारका सदस्यहरुको आयु बढ्छ साथै अस्वस्थ हुने अवस्था पनि सृजना हुदैन ।

कछुवालाई धेरै शुभ मानिन्छ यसकारण यसलाई राख्नाले जागीर तथा परिक्षामा सफलता प्राप्त हुन्छ । घरमा भएको कछुवाले तपाई, तपाईको परिवार तथा तपाईको घरलाई कसैले आखाँ लगाउन सक्दैनन् । यदि नयाँ ब्यापार, ब्यवसाय तथा अफिस सञ्चालन गर्दे हुनुहुन्छ भने कछुवा राख्दा शुभ मानिन्छ र धन प्राप्त हुने विश्वास लिइन्छ । घरमा कछुवा राख्दा परिवारका सदस्यका विच शुख, शान्ति तथा समृद्धि भई धन प्राप्त हुने हुन्छ ।