चिनियाँ राजदुत र प्रचण्ड बिच भेटबार्ता

काठमाडौं, ८ मंसिर । नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभएकाे छ ।

साेमरबार बिहान खुमलटारस्थित प्रचण्डकाे निवासमै पुगेर राजदूत यान्छीले भेट गर्नुभएकाे बताइएकाे छ । पछिल्लाे समय नेकपाकाे अान्तरिक विवाद र दक्षिणी तथा उत्तरी छिमेकी देशकाे बढ्दाे कूटनीतिक चासाेका बीच राजदूत यान्छीकाे याे भेटलाइ अर्थपूर्ण रूपमा हेरिएकाे छ । केही दिनपछि नै चीनबाट नेपालमा उच्चस्तरीय राजनीतिक भ्रमण हुन लागिरहेको छ ।

चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेइ फेङहे मंसिर १४ मा नेपाल भ्रमणमा आउने तय भएकाे छ । यसअघि भारतीय स्थल सेनाध्यक्षले पनि नेपाल भ्रमण गरिसकेका छन् ।

यद्यपि यान्छीसँगकाे भेटमा के कुरा भयाे भन्नेबारे केही खुलाइएकाे छैन । उच्चस्तरीय भ्रमणअघि र नेकपाभित्रकाे विवाद उत्कर्षकमा पुगेका बेला राजदूत यान्छीकाे सक्रियता बढ्नु अर्थपूर्ण नै देखिन्छ । यान्छीले केही दिनपहिले नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुभएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal