Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

जंगलमा भर्खर जन्मिएको बच्चि जिवितै फेला

काठमाडौं । पवित्र तिर्थस्थल ऋषिकेशको जंगलमा एक बालिका जिवितै फेला परेकी छिन् । कसैले अनुमान पनि गरेको थिएन कि एक बालिकालाई कपडाले बेरेर छोडिएको अवस्थामा तीर्थयात्रीको पवित्र सहर ऋषिकेशको जंगलमा फेला पारिएको हो ।आज बिहान, जब तीर्थयात्रीहरू त्यहाँबाट हिँडिरहेका थिए, तिनीहरूले बालिका कराइरहेको आवाज सुनेका हुन् । जब मानिसहरू जंगलभित्र पुगे, तिनीहरूले त्यहाँ नवजात बालिकालाई भेट्टाएका हुन् । सूचनापछि प्रहरी पनि घट’नास्थल पुगेको थियो । नवजात शिशुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।

तीर्थयात्रीहरुको सहर ऋषिकेश लक्ष्मण झुला यामकेश्वर ब्लाकको गट्टू घाट क्षेत्रमा आज बिहान यात्रु बजारबाट जाँदै गर्दा उनीहरूले जंगलको छेउबाट एक बालिका रोईरहेको आवाज सुनेका थिए । जब केही मानिसहरू जंगलभित्र पुगे, तिनीहरूले भर्खरैको नवजात शिशुलाई त्यहाँ कपडाले बेरेर राखेको देखेका हुन् ।

मानिसहरूले नवजात शिशुलाई त्यहाँबाट उद्धार गरेका हुन् । सूचना पाउने बित्तिकै लक्ष्मण झूला प्रहरी चौकी अधिकारी यशवन्त बिष्ट घटनास्थल पुगेका थिए । उपचारका लागि बालिकालाई लक्ष्मण झुला राज्य अस्पतालमा भर्ना गरिएको छ ।

डाक्टरहरूले नवजात शिशुको उपचार गर्दैछन् । डाक्टरले भने कि नवजात शिशु मात्रै दुई दिनको छ । भोकै लामो समय वनमा बसेका कारण उनको अवस्था खराब छ । अर्कोतर्फ, प्रहरीले यस प्रकरणमा नवजात शिशुका आमा बुबाको खोजी शुरू गरिसकेको छ ।

प्रहरीले नजिकका क्षेत्रहरूबाट आएका सिसिटिभी फुटेजहरू पनि जाँच्दै छ । यस घट’नाले स्थानीय मानिसहरू धेरै रिसाएका छन् ।