Friday, November 27सुदुर मिडिया द्वारा संचालित
Shadow

ट्रककाे ठक्करबाट एककाे मृ’त्यु

मनाेज डागि ५ मंशिर । ट्रकको ठक्करबाट बोटेचौरमा एक जनाको मृ’त्यु भएको छ । छिन्चु–जाजरकोट सडक खण्डको बोटेचौरमा सल्लीबजारबाट छिन्चुतर्फ जाँदै गरेको ना ८ ख २३१४ नम्बरको ट्रकले पैदल यात्रीलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृ’त्यु भएको कर्णाली प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक राकेश सिङले जानकारी दिनु भएको छ । गुर्भाकोट नगरपालिका– ९ का ४८ धनबहादुर भण्डारीको मृत्यु भएको कर्णाली प्रदेश ट्राफिक प्रमुख सिंहले जानकारी दिए । उनकाअनुसार दुर्घटनामा सोही ठाउँका ८ वर्षीय बालक भीमबहादुर खड्का, एक वर्षीय बाल भुवन खड्का घाइते भएका छन् । घाइते दुवै जनाको उपचारको लागि नेपालगञ्ज लगिएको प्रमुख सिंहको भनाई छ । दुर्घटना लगत्तै चालक फरार रहेको र उनको पहिचान नभएको खत्रीले बताए । ट्रकलाई प्रहरी चौकी मेहलकुनाले नियन्त्रणमा लिएर चालकको खोजी भइरहेको सिंहकाे भनाई छ ।