Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

जापानी टोलीले बनायो कोरोना भाइरसको संक्रमण रोक्ने पद्दति

टोकियो । जापानको एक अनुसन्धान टोलीले कोरोना भाइरसको संक्रमण रोक्ने तरिका विकास गरेको छ । भाइरसलाई मानिसको कोषको सतहमा रहेको रिसेप्टरमा टाँसिनबाट रोक्ने दाबी टोलीको छ ।

यस टोलीमा क्योतो प्रिफेक्चरल यूनिभर्सिटी अफ मेडिशिन समेत संलग्न रहेको छ । समूहले यही प्रोटिन राखेर बनाइएको औषधिको व्यवहारिक प्रयोगका लागि क्लिनिकल परीक्षण आर्थिक वर्ष २०२१ भित्र शुरु गर्ने छ ।

कोरोना भाइरस मानिसको कोषको सतहमा रहेको एसटू रिसेप्टर प्रोटिनमा टाँसिएर मानिसलाई संक्रमित बनाउँछ । टोलीले एसटूलाई यो भन्दा सय गुणा धेरै सहजसँग टाँसिने प्रोटिन बनाएका थिए ।

समूहका अनुसार नयाँ एसटू प्रोटिनमा आधारित औषधिले भाइरसको संक्रमण क्षमता कम गर्ने र कोभिड–१९ का बिरामीहरुलाई गम्भीर बिरामी पर्नबाट रोक्ने छ । कोरोना भाइरसले सहजै रुप बदलिरहन्छ । त्यसैले एक पटक काम गरेको एन्टीबडी औषधि रुप परिवर्तन पछि अप्रभावकारी हुन सक्छ ।