समाचार

एक लाख २२ हजारसहित आठ जु’वाडे प’क्राउ

सुर्खेत, ३० कार्तिक ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले वीरेन्द्रनगर–४, गौरीटोलबाट एक लाख २२ हजार ३ सय ४३ रुपैयाँसहित आठ जनालाई प’क्राउ गरेको छ । प्रहरी निरीक्षक गोपाल रायमाझी नेतृत्वको प्रहरी टोलीले जुवाको खालबाटै नगदसहित जु’वाडे प’क्राउ गरेको हो

त्यस्तै वीरेन्द्रनगरबाट प’क्राउ पर्नेमा वीरेन्द्रनगर–४, का रन्जन शाही, वीरेन्द्रनगर–५, का ३१ वर्षीय कृष्णप्रसाद चालिसे र ४० वर्षीय लक्ष्मण भण्डारी, वीरेन्द्रनगर–६ का ५२ वर्षीय रामबहादुर लामा र २७ वर्षीय दिपेन थापासँगै दैलेख नारायण नगरपालिका–२ का ३४ वर्षीय कृष्णबहादुर थापा, हुम्ला ताजकोट गाउँपालिका–६ का ३७ वर्षीय अजविर धामी एवं बाँके नेपालगञ्ज उपमहानगरपालिका–१५ का विशाल राई रहेको सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

उनले हारजितको बाजी राखेर जुवा खेलेको भन्ने सुराकी पाएपछि छापा मारी उनीहरुलाई पक्राउ गरिएको जनाए । पक्राउ परेका जुवाडेमाथी थप अनुसन्धान भईरहेकाले दोषी उपर मुलुकी अपराध संहित दफा १२५ अनुसार पहिलो पटकको हकमा ३ महिना कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना रहेको उनको भनाई छ ।

Related Articles

Back to top button