Wednesday, November 25सुदुर मिडिया द्वारा संचालित
Shadow

छोरोको बिहेका लागि पनि छुट्टी पाएनन् प्रहरी अधिकृतले, रुँदै गु’माए ज्या’न

एजेन्सी – भारतको भरतपुर जिल्लामा छोरोको बिहेका लागि बिदा स्वीकृत नभएपछि स्तब्ध एक प्रहरी अधिकृतको मृ’त्यु भएको छ। उच्चैन चौकीका होशियार सिंहले छोरोको बिहे हुनुभन्दा १० दिनअघि बिहीवार अस्पतालमा प्रा’णत्याग गरेका हुन्।

कार्यवाहक एसपीले कोरोनाका कारण होशियार सिंहको मृ’त्यु भएको बताए पनि होशियारका सहकर्मीहरूका अनुसार, उनी बुधवार राति अबेरसम्म चौकीमा ड्युटी गरिरहेका थिए । उनका छोराको टीकाटालो नोभेम्बर १६ मा हुनुपर्ने थियो तर शीर्ष अधिकारीहरूले बिदा स्वीकृत गर्न मानेनन् । बिहे नोभेम्बर २० मा हुनुपर्ने थियो।

पारिवारिक कार्यक्रमका लागि समेत छुट्टी नपाएपछि उनी डि’प्रेसनमा पुगेका थिए । बुधवार राति उनी चौकीमा ग्वाँ ग्वाँ रोएको बताइएको छ । त्यसपछि उनको स्वास्थ्य बिग्रियो र उनलाई अस्पताल लगियो।

उनको र’क्तचाप एकदमै बढेको पाइयो । उच्चैन अस्पतालबाट भरतपुर अस्पतालमा उनलाई रिफर गर्दा भरतपुर अस्पतालले उनलाई मृ’त घोषित गर्‍यो । मृ’तकका छोराले छुट्टीको समस्याका विषयमा परिवारका कुनै कुरा नभएको बताए।

भरतपुरमा गुर्जरहरूको आन्दोलन चलिरहेकाले प्रहरीका सबै छुट्टी रद्द गरिएका थिए।