सोमबार , मंग्सिर १३, २०७८

यस्ताेे छ तिन दिनकाे माैसमि बिवरण

मंग्सिर १, २०७७ सोमबार 45

यस्ताेे छ तिन दिनकाे माैसमि बिवरण

काठमाडौं,मंसिर १। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ। त्यस्तै हाल नेपालमा बाग्मती प्रदेश र पश्चिमका प्रदेशहरुमा पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ।

हालको मौसमको अवस्था देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश , गण्डकी प्रदेश र बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली भई थोरै स्थानहरुमा वर्षारहिमपात भईरहेको छ साथै प्रदेश नं १ का पहाडी भुभागमा आंशिक बदली हुनुका साथै बाँकि भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

 

त्यस्तै आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केहि स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का बर्षाको सम्भावना छ । साथै, देशको उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

 

राती देशभर आंशिक देखि सामान्य बदली रहि सुदूरपश्चिम र कर्णाली प्रदेशको १-२ स्थानहरु लगायत गण्डकी, बागमती र प्रदेश १ का थोरै स्थानमा हल्का बर्षाको सम्भावना छ । साथै, देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मंसिर ०२ गते मंगलबार

दिउँसो – देशको पहाडी भूभागमा आंशिक बदली रही उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपात हुने संभावना रहेको छ भने बांकी भुभागमा मौसम सामान्यतया सफा रहने छ ।

 

राती- देशको पहाडी भूभागमा आंशिक बदली तथा सुदुरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भुभागका १-२ स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ भने बांकी भुभागमा मौसम सामान्यतया सफा रहने छ ।

मंसिर ०३ गते बुधबार

दिउँसो – देशको पहाडी भूभागमा आंशिक बदली रही प्रदेश नं १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका १-२ स्थानहरुमा हल्का हिमपात हुने संभावना रहेको छ भने बांकी भुभागमा मौसम सामान्यतया सफा रहने छ ।

 

राती – प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली भई प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भुभागका १-२ स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ भने बांकी भुभागमा मौसम सामान्यतया सफा रहने छ ।