Friday, November 27सुदुर मिडिया द्वारा संचालित
Shadow

प्रधानमन्त्रीले मेरो राजीनामा माग्नुभो — वर्षमान पुन

ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी शर्मा ओलीले आफुसंग राजीनामा मागेको बताएका छन् । प्रधानमन्त्रीले मेरो राजीनामा माग्नुभो मन्त्री पुनले निकटस्थ नेताहरुसँग भनेको उनलाई उद्धृत गर्दै स्रोतले भन्यो ।

करिब ८ लाख कार्यकर्ता र दुई तिहाइ मतदातालाई सम्हाल्नुपर्ने दायित्व भएका शीर्ष नेताहरू लिखित रूपमै आपसमा पोल खोलाखोल गर्न थालेपछि नेकपाकै कतिपय नेताहरू अब पार्टी एकता अघि बढ्न नसक्ने निचोडमा पुगेका छन् ।

केन्द्रीय सदस्य विशाल भट्टराई शीर्ष नेताहरूको ध्याउन्न सत्ताकै वरिपरि भएकाले पार्टी गम्भीर संकटमा परेको टिप्पणी गर्छन् ।

पार्टी र सरकारको सत्ता कसले लिने भन्ने विवाद चुलिएर अहिले एकता नै संकटमा पर्ने अवस्थामा पुगेको छ उनले भने, प्रधानमन्त्री ओलीको सफलतालाई आफ्नो असफलता देख्ने पार्टीका सिनियर कमरेडहरूकै कारण समस्या आएको हो ।

भट्टराईले ओलीले लेखेको पत्रको जवाफी पत्रका रूपमा आएको दाहालको आरोपपत्र फिर्ता नभए पार्टी फुट्न कुनै बेर नै नलाग्ने बताए ।