Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

युवाकाे राेजाईमा Tvs 4v

बर्दिया कार्तिक ३० गते । बर्दिया जिल्लामा पछिल्लाे समय टिभिएस कम्पनिका माेटरसाईकलहरूकाे माग बढन थाले पछि यसकाे बिक्रि समेत बढेकाे छ । यति बेला बजारमा बिशेष गरि युवाहरूकाे राेजाईमा १६० सिसि क्षमताकाे ४ गेयर भएकाे टि भिएस अपाचे परेकाे छ । गुलरियामा सञचालित लिला ट्रेडहाउसले टि भिएसकाे बर्दिया जिल्ला हेर्ने गरेकाे छ । बिषेष गरि टिभिएस कम्पनिमा १ बर्ष अगाडि सार्वजनिक गरिएकाे 4 v माेटरसाईलमा युवाहरूकाे आकर्षण बढेकाे लिला ट्रेड हाउसका बर्दिया म्यानेजर मनाेज यादवले बताए । उनले भने विशेष गरि याे चाड पर्वकाे समयमा माेटरसाईकलकाे माग अत्याधिक छ तर माग बमाेजिम माेटरसाईकल पुर्याउन सकेका छैनाै । केही समय अघि केहिमात्रामा मात्र बजारमा गुडने गरेका टिभियस माेटरसाईकल नया पुस्ता संगै अत्याधिक मात्रामा बजारमा देखिने गरेका छन । आरामदायि र युवा पुस्तालाई मध्यनजर गरेर टिभिएसले हाल बजारमा माेटरसाईकल उतपादन गर्ने गरेकाे छ । यश पटक दशै तिहार लक्षित याेजनामा टि भि यसले माेटरसाईकल खरिदमा ९ हजार छुट र स्कुटर खरिदमा ७ हजारकाे छुट याेजना ल्याएकाे छ । त्यतिमात्र हैन टिभियसले यश पटक सर्भिसिङमा पनि विशेष छुट ल्याएकाे समेत म्यानेजर मनाेज यादवले बताए ।