Friday, October 30सुदुर मिडिया द्वारा संचालित
Shadow

कालिकोटमा वडा अध्यक्षकै घरमा महिला हिंसा, श्रीमानको कुटाइबाट श्रीमतीको खुट्टा भाँचियो

 

कालिकोट असोज २४

कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका-१, छातिका वडा अध्यक्ष बिरबहादुर बुढा मगरले आफ्नै श्रीमतीलाई मरणासन्न हुने गरि कुटपिट गरेका छन् ।
घरमा झगडा हुँदा वडा अध्यक्ष बुढाले आफ्नै श्रीमती रुपा बुढा मगरलाई कुटपिट गरि बायाँ खुट्टा दुई ठाउँमा भाँचिदिएका छन् । यस अघि पनि पटक-पटक झगडा हुँदा कुटपिट गर्ने गरेका अध्यक्ष बुढाले गएराती फेरि मदिरा सेवन गरि कुटपिट गरेको स्थानीय केशब रोका मगरले जानकारी दिए ।
अध्यक्षको कुटाइबाट घाइते रुपा बुढा मगरको जिल्ला अस्पताल कालिकोटमा उपचार हुन नसक्दा नेपालगन्ज रिफर गरिएको छ । कुटपिट गर्ने अध्यक्ष गत निर्वाचनमा नेपाली काङ्ग्रेसबाट निर्वाचीत भएका थिए ।