Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

आमाछोरीमाथि ए’सिड प्र’हार

२९ कात्तिक, जनकपुरधाम । धनुषामा एक व्यक्तिले आफ्नै पत्नी र छोरीमाथि ए’सिड प्र’हार गरेका छन् । जनकपुर उप-महानगरपालिका वडा नम्बर २० घर भई वडा नम्बर ७ जानकीनगरमा डेरा गरी बस्ने २१ बर्षीया आरती साह र उनकी छोरी तीन बर्षीया रिया साहमाथि सञ्जिव साहले शनिबार बिहान ए’सिड प्र’हार गरेका हुन् ।

साह दम्पति पछिल्लो समय छुट्टाछुट्टै बस्दै आएका थिए । शनिबार बिहान पत्नीको कोठामा पुगेका २४ वर्षीय सञ्जिवले आमा छोरीमाथि ए’सिड प्र’हार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिए ।

आरतीको अनुहारसहित पेट र छाती लगायत शरीरको बिभिन्न ठाउँमा ए’सिड परेको छ । एसिडले उनको २० प्रतिशत शरीर जलेको र अवस्था गम्भीर रहेको सिग्देलले बताए ।

छोरी रियाको टाउको र बायाँ हातमा ए’सिड परेको छ । आमाछोरीको जानकी हेल्थ केयर एण्ड टिचिङ अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पत्नी र छोरीमाथि ए’सिड प्र’हार गरी भागेका सञ्जिबलाई जनकपुर-४ संकटमोचन मावि नजिकबाट पक्राउ गरिएको प्रहरी निरीक्षक सिग्देलले बताए ।