Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

प्रहरीको प्रिय कुकुर जोजो जसले गोंगबु ह’त्या प्रकरण सुल्झाउन सघायो

२९ कात्तिक, काठमाडौं । कोरोना महामारीको प्रतिकार्यमा देश होमिइरहेका बेला २५ साउनमा राजधानीमा एउटा घटना भयो, जसले अधिकांशको मथिंगल हल्लाइदियो । गोंगबुको गणेशस्थान नजिक सुटकेशमा टाउको नभएको शव भेटिएपछि प्रहरीसमेत झस्किएको थियो ।

शवको सनाखत नभई अनुसन्धान अघि बढाउन असम्भव जस्तै थियो । त्यसका लागि कुनै सुराक नभेटिइरहेका बेला प्रहरीले केन्द्रीय कुकुर विद्यालयबाट जोजो नामक ट्याकर डग मगायो, जसले

अपराधस्थलमा तत्कालै कुकुरको प्रयोग नगरिएको भए, टाउको भेट्टाउन समय लाग्न सक्थ्यो महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपक थापा भन्छन्जो जोको प्रयोगबाट केहीवेरमै तीन सय मिटर पर रहेको जेब्रा झोला फेला पर्यो, जहाँ मृतकको टाउको र खुट्टा थियो ।

थापाका अनुसार त्यसबेला ह्याण्डलर सई शंकरप्रसाद घिमिरेले शरीर भेटिएको सुटकेशसँगै रहेको नाम्लोको पातो सुँघाएर छाडेपछि जोजो टाउको र खुट्टा भएको झोलासम्म दगुरेर पुगेको थियो । टाउको फेला परेपछि शवको सनाखत गर्न प्रहरीलाई सहज भयो भने दाङका कृष्णबहादुर बोहोराको अवैध सम्बन्ध र साइबर अपराधका कारण हत्या भएको खुल्यो ।

अनुसन्धानमा महत्वपूर्ण भूमिका खेलेका कारण प्रहरीले गोंगबु हत्या प्रकरणको छानविनलाई अपरेशन जोजो को नाम दिएको थियो । यही घटनाको अनुसन्धानमा पुर्याएको योगदानका कारण प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले समेत जोजो र ह्याण्डर घिमिरेलाई प्रहरी दिवसको अवसरमा सम्मानितसमेत गरिसकेका छन् ।

गोंगबु हत्या प्रकरणपछि सञ्चारमाध्यममा व्यापक रुपमा छाए पनि जोजो अनुसन्धान अधिकृतका लागि भने दुई वर्षदेखिकै प्रिय कुकुर हो । किनकि, जोजोले पछिल्ला समयमा भएका ९ वटा गम्भिर प्रकृतिका अपराध अनुसन्धानमा प्रहरीलाई सघाइसकेको छ ।