Saturday, October 24सुदुर मिडिया द्वारा संचालित
Shadow

खुल्यो डि भी; नयाँ तरिकाबाट यसरी भर्नुहोस्

 

काठमाण्डौ, असोज २४

सन् २०२२ को डाइभर्सिटी भिसा डिभीका लागि आज रातिदेखि फारम खुल्दै छ । नेपाली समयअनुसार राति पाैने १० बजेदेखि फारम भर्न सकिने नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ । यसकाे समयसीमा २०७७ कार्तिक २५ (नाेभेम्बर १०) सम्म ताेकिएकाे छ ।

डीभीको आवेदन खुले पछि निःशुल्क आफैले भर्न सकिन्छ । आवेदनका लागि आवश्यक सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा गएर हेर्न सकिने छ । फाराम भर्नका लागि आधिकारिक वेबसाइट http:/ /www.dvlottery.state.gov मा गएर निर्देशनअनुसार प्रक्रिया पूरा गर्नुपर्नेछ ।

दूतावासले डीभी आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिनसमेत आग्रह गरेको छ ।