Monday, November 30सुदुर मिडिया द्वारा संचालित
Shadow

भारतबाट तिहार मनाउन नेपाल घर फर्किँदै गरेका ३ जनाको कार दु’र्घटनामा मृ’त्यु

भारतको आगरामा कार दु’र्घटना हुँदा ३ जना नेपालीको मृ’त्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । बिहीबार दिल्लीबाट सुनौली हुँदै नेपाल घर फर्किन लागेका उनीहरू दु’र्घटनामा परेको दिल्लास्थित दिलबहादुर खत्रीले जानकारी दिए ।

आगराबाट आउँदै गरेको कार ट्रकसँग ठोकिएर दु’र्घटना भएको हो । मृत्यु हुनेमा बाग्लुङका श्यामकुमार घर्ती र बिवश पुन मगर रहेका छन् ।

त्यसैगरी जनकपुरकी लक्ष्मी शर्माको पनि दु’र्घटनामा ज्यान गएको छ । घाइते पाँच जनालाई दिल्लीको एआइआइएम् अस्पतालमा भर्ना गरिएको छ ।