बामदेवकाे बिराेधमा बाबुरामकाे ट्विट

सर्वोच्च अदालतले नेकपा उपाध्यक्ष बामदेव गौतमको राष्ट्रियसभा सदस्य र मन्त्री बन्ने ढोका खोलेपछि जनता समाजबादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गम्भीर आपत्ती जनाएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत ट्वीट गर्दै नेता भट्टराईले बिहीबार चोरबाटोबाट सांसद र मन्त्री बन्ने कुसंस्कार रोक्न संविधान बनेको र अदालतको यस्तो निर्णय आपत्तीजनक रहेको बताएका हुन् ।

‘चुनाव हारेपछि पनि चोरबाटोबाट सांसद/मन्त्री बन्ने कुसंस्कार रोक्नलाई नै संविधानको धारा ७८(४)को ब्यवस्था गरिएको हो।न्यायाधीशले संविधान र कानूनको अक्षर मात्र हैन त्यसको स्पिरिट पनि हेर्नुपर्छ।हामीले यो स्पिरिट बुझ्ने संवैधानिक अदालत सट्टा पुरानै सोचको इजलास राखेको पाप त भोग्दैछैनौं?’ उनले लेखेका छन्।

अध्यक्ष भट्टराईले चुनाव हारेपछि पनि चोरबाटोबाट सांसद र मन्त्री बन्ने कुसंस्कार रोक्नलाई नै संविधानको धारा ७८ (४)को ब्यवस्था गरिएको बताएका छन् । संबिधान मस्यौदा समितिका संयोजकसमेत रहेका भट्टराईले न्यायाधीशले संविधान र कानूनको अक्षर मात्र हैन त्यसको स्पिरिट पनि हेर्नुपर्ने सल्लाह दिएका छन् ।

प्रतिक्रिया

job vacancy

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal