Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

बस दु’र्घटनामा ९ काे मृ’त्यु, बिस्तृत बिवरण आउन बाकि

बैतडी कार्तिक २८ । बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दु’र्घटना भएको छ । दु’र्घटनामा परी हालसम्म ९ जनाको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायण प्रशाद अधिकारीले पुष्टि गरे । दार्चुलाको गन्नाबाट महेन्द्रनगर आइरहेको ना५ख ५१४१ नम्बरको बस खोड्पे बजार नजिक बिहीबार राति करिब साढे १० बजेतिर सडकबाट खसेको उनले बताए । दु’र्घटनामा हालसम्म २९ जना भन्दा बढी घाइते भएको समेत उनले जानकारी दिए । ‘स्थानीयबासी र प्रहरीको टालीले रातभर उद्धार कार्य गरिरहेको छन । घाइतेलाई डडेल्धुरा अस्पताल र केहीलाई राति नै अनेत्र रिफर गरिएको छ । राति भएकोले घटनाको सबै विवरण प्राप्त हुन सकेन ।