Wednesday, November 25सुदुर मिडिया द्वारा संचालित
Shadow

चाडपर्वमा प्रसासनकाे कडाई, घरमै बसेर मनाउन अनुराेध

मुुुुुरलि गाेडिया बर्दिया २७ कार्तिक । कोरोना भाईरस कोभिड १९ को जोखीम कायमै रहेकाले देउसी भैलो जस्ता भिडभाड हुने क्रियाकलाप नगर्न जिल्ला प्रशासन कार्यालय बर्दियाले अनुरोध गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले नजिकिदै गरेको तिहार, छठ जस्ता नेपालीहरुको महान चाड पर्वहरुको समयमा हुने अधिक आवागमन तथा भिडभाडजन्य गतिविधिहरुले कोभिड १९ को संक्रमणको जोखिम अझै बढ्ने हुनले सतर्कता अपनाउने आग्रह गरिएको हो । विषम परिस्थीतीका बेला सामाजिक विकृति तथा अपराधमा पनि वृद्धि हुन सक्ने बिषयहरुलाई मध्यनजर गरी तपशिल बमोजिमका कार्यहरु नगर्न र नगराउन अनुरोध गर्ने निर्णय समेत बर्दिया प्रशासनले गरेको छ । चाडपर्बहरु मनाउँदा आफु रहेकै स्थानमा आफना परिवारका सदस्यहरु संग मात्र सिमित रहेर मनाउन आग्रह गरिएको छ । जिल्ला भित्र कुनै प्रकारका राजनितिक भेला एबम सम्मेलन , मेला महोत्सब , खेलकुद प्रतियोगिता , सास्कृतिक कार्यक्रम तथा ब्यापारीक केन्द्रहरुमा भिडभाड नगराउन पनि अनुरोध गरिएको छ । आतसबाजी , पटाका लगायतका बिस्फोटजन्य पदार्थहरुको ओसारपसार बिक्रि बितरण एबम प्रयोग नगर्न काभिड १९ संक्रमणको जोखिम न्युनिकरणका लागी नेपाल सरकारले तोकेको सामाजीक भौतिक दुरी कायम गर्नुपर्ने बताइएको छ । स्वास्थ्य सुरक्षाका मापडण्ड अपनाएर चाडपर्ब मनाउन बर्दिया प्रशासनले आग्रह गरेको छ । निर्णयको उल्लंघन गर्ने गतिविधिमा संलग्नलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारवाही समेत गरिने बर्दिया प्रशासनले जारी गरेको सुचनामा उल्लेख गरीएको छ ।