Wednesday, December 2सुदुर मिडिया द्वारा संचालित
Shadow

फेसबुकमा काेराेना भएकाे पुष्टि गरे पछि यातायातका अध्यक्ष प’क्राउ

काठमाडौं, २६ कात्तिक । बैकिङ कसुर अन्तर्गत चेक बाउन्सको मुद्दामा सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापा प’क्राउ परेका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले अध्यक्ष थापालाई प’क्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख श्याम ज्ञवालीले उनलाई कालिमाटीबाट पक्राउ गरिएको जानकारी दिनुभयो । काठमाडौं प्रहरी प्रमुख ज्ञवालीका भने, उनीविरूद्ध झविन्द्रप्रसाद बञ्जाडेले उजुरी दिएको र ’सञ्चालकलाई एक करोडको चेक बाउन्स गरेको हुँदा प’क्राउ गरेको हौ ।

पक्राउ पर्ने निश्तित भए पश्चात सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले आफ्नो फेसवुक स्ट्याटसमा आफुलाई कोरोना भएकोमा १५ दिनका लागि भनेर पोष्ट समेत गरेका थिए । प’क्राउ पर्न चार घण्टा अघि थापाले आफुलाई कोरोना भएको स्ट्याटस फेसबुकमा पोष्ट गरेका थिए । उनलाई कोरोना भएको हो या होइन भन्ने विषयमा भने प्रहरीले भोलि बिहीबार बुझ्ने भएको छ ।