सोमबार , कार्तिक १, २०७८

कक्षा ११ काे परीक्षा स्थगित

कार्तिक २६, २०७७ बुधबार 69

कक्षा ११ काे परीक्षा स्थगित

मनाेज डगी सल्यान २६ कात्तिक सल्यानको शारदा नगरपालिका–१ श्रीनगरमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै स्थानीय प्रशासनले श्रीनगर बजार सिल गरेको छ । सिल हुँदा सितलपार्टी स्थित शिवजन माविले चलिरहेको कक्षा ११ को वार्षिक परीक्षा स्थगित गरेको छ । जिल्लाका अन्य विद्यालयले भने २१ गतेदेखि नै परीक्षा सञ्चालन गरेका छन् । श्रीनगरमा गत शनिबार कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएपछि आइतबारदेखि बजार सिल गरिएको हो । कोरोनाका कारण बजार सिल भएपछि अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि परीक्षा स्थगित गरिएको विद्यालयका प्रधानाध्यापक हिरालाल नेपालीले जानकारी दिनुभएको छ । नेपालीका अनुसार अन्य कक्षाको पढाइ पनि अनिश्चितकालका लागि बन्द गरिएको बताउनुभयो ।