सशस्त्र प्रहरीले माग्यो ठुलो संख्यामा जवान पदका लागि दरखास्त,

 

काठमाण्डौँ असोज २४

सशस्त्र प्रहरीले ठुलो संख्यामा जवान पदमा भर्ना आहवान गरेको छ । सशस्त्र प्रहरी मानव श्रोत विभाग हलचोकले शनिवार एक सुचना प्रकाशित गरी खुला तथा समावेशी गरी १८३३ जवान पदको लागी दरखास्त आहवान गरेको हो ।
दरखास्त १८ बर्ष पुरा भई २२ बर्ष नकाटेका हरेक नेपालीले असोज २४ (आज) देखी कार्तिक २३ गते एक महिना भित्र दिन सक्ने सुचनामा जनाइएको छ । ८ पास गरेका प्रत्येक नेपालीले सशस्त्र प्रहरीका विभिन्न ७५ स्थानबाट दरखास्त दिन सक्नेछन् ।

 

 

 

प्रतिक्रिया

job vacancy

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal