Monday, November 30सुदुर मिडिया द्वारा संचालित
Shadow

बर्दियाकाे रानिपुरबाट १४ जुवाडे प’क्राउ

बर्दिया २५ कार्तिक । बर्दियाकाे ठाकुरबाबा नगरपालिका वडा नं. २ मा १४ जुवाडे प’क्राउ परेका छन् । ठाकुरबाबा नगरपालिका वडा नं. २ रानीपुरमा जुवा खेल्ने क्रममा उनिहरुलाई प्रहरीले प’क्राउ गरेको हो । केही जनप्रतिनिधि सहित जुवा खेलीरहेको अवस्थामा प्रहरीले प’क्राउ गरेको स्थानियले जानकारी गराएका छन् । प्रहरीले भने जुवाखालबाट के कति रकम र को को हुन भन्ने बारे भने बताउन आनाकानी गरेको छ । बर्दिया जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी योगेन्द्र खड्काले भने आधिकारिक जानकारी नआएको हुनाले केही भन्न नसकिने जानकारी गराउनुभयो । गोप्य सुचनाका अनुसार हरेक दिन रानीपुरमा ठुलो रकमको जुवा खेल्ने सुचनाको आधारमा प्रहरीले छापा हान्दा उक्त जुवाडे प’क्राउ गर्न सफल भएको प्रहरी श्रोतले जनाएको छ । जुवा खेल्ने तयारीमा रहेको हुनाले रकम भने बरामद नभएको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्ये जनप्रतिनिधि छन छैनन भन्नेबारे भने प्रहरीले अझै आधिकारिक जानकारी नभएको जनाएको छ । यसको लागि अनुसन्धान भएपछि मात्र थाहा हुने प्रहरीले जनाएको छ । यस्तै वडा नं. २ का वडाध्यक्ष हरिराम थारुले भने अरु वडाको जनप्रतिनिधी प’क्राउ परेपनि वडा नं. २ का जनप्रतिनिधी भने प’क्राउ नपरेको जानकारी गराउनुभयो । थप अनुसन्धानका लागि उनिहरुलाई जिल्ला प्रहरी कार्यालय बर्दिया लगिएको प्रहरीले जनाएको छ ।