Wednesday, November 25सुदुर मिडिया द्वारा संचालित
Shadow

क्षमता बिकास तालिम सम्पन्न

बर्दिया ३० कार्तिक प्लान इन्टरनेशनल नेपाल क्षेत्रिय कार्यालय प्रदेश नं ६ सुर्खेतको र सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारि संचालित प्रत्याभुत संचार परियोजना अन्तरर्गत परियोजनाका कर्मचारिहरु लाई २ दिने क्षमता अभिवृद्घि तालिम गुलरीयामा सम्पन्न गरिएको छ । उक्त तालिममा परियोजनाको लक्ष्य,उदेश्य,यसको कार्यनिती रणनिति तथा आगामी दिनमा कसरी गुणस्तरिय तरिकाले परियोजना संचाल्लन गर्ने सन्दर्भमा परियोजनाको कार्ययोजना र परियोजना संचालनका क्रममा आउन सक्ने समस्या र जोखिम न्यनिकरणका उपायहरु बारे छलफल गरिएको थियो र प्लान इन्टरनेशनल नेपाल का सहयोगी बालक बालीका एवम सहयोगी दाता बिचको सुमधुर सम्बन्ध कायम गर्नका लागी उत्पादन गरिने बिभिन्न प्रकारका कागजपत्रहरुको सहितरिकाले अबिलेखिकरण तथा समुदायमा उत्पादनहूने क्ऋक्ष्रक्ऋग् र अन्य सुचनाहरु को गुणस्तरीयता का बिषयमा समेत छलफल र अभिमुखिकरण गरिएको थियो । तलिमको समापन सत्रमा सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेका अध्यक्ष शिवलाल पाण्डेले प्लान इन्टरनेशनल नेपालको प्रायाजित संचार कार्यक्रम मुटुको रुपमा रहेको र यसले सहयोगी दाता र सहयोगी बालबालीकाहरु संगको सुमधुर सम्बन्ध कायम गर्न र सहयोगी दाताहरुले दिने सहयोग बाट बाँके बर्दिया जिल्लाका बिभिन्न पालीकाहरुका बिभिन्न समुदायहरुको बिकासमा टेवा पुगिरहेको र यसको प्रभावकारीता र गुणस्तरिय कागजजात निर्माणका लागी हामी सबैको महत्वपुर्ण जिम्मेवारी रहेको छ साथै यस तालिमले कर्मचारिहरुको क्षमता बिकासमा थप पुग्नुका साथै आगामी दीनमा समुदाय स्तरवाट उत्पादनहुने कागजपत्रको गुणस्तर बृद्धि हने आशा का साथै ुमयमा योजना गरियका क्रियाकलापहरु सम्पन्न हुने बताउनु भयो ।
तालिममा परियोजना मा भएका करिब १० जना कर्मचारिहरु र कार्य समितिका पदाधिकारीहरु गरि जम्मा १५ जनाको सक्रिय सहभागीता रहेको थियिो । तालीम गुलरिया नगरपालीकामा सोमवार देखीशुरु भइ र मंगलवार सम्पन्न गरिएको छ । २ दिने तालिमको सहजीकरण सहजकर्ता स्नेहलता श्रेष्ठले गर्नु भएको थियो ।
तालिममा सहभागीहरुमा कोरानो भाइरसको संक्रमण फैलिन नदिनका लागि सबै सहभागीहरुको भौतिक दुरी कायम गर्ने, माक्स तथा सेनिटाइजरको अनिवार्य लगाउने समय समयमा साबुनपानीले हात धुने योजनाका साथ तालिम संचालन गरिएको परियोजनाका सिनियर कार्यक्रम अधिकृत शेषकान्त शर्माले बताउनुभयो