Friday, November 27सुदुर मिडिया द्वारा संचालित
Shadow

नगरभित्रका सवै बालबालिकालाई पाेषणयुक्त खाना बितरण गर्छाै-नगर प्रमुख क्षेत्रि

ज्याेति पन्थि बर्दिया २५। मधुवन नगरपालिकाले नगरपालिका क्षेत्र भित्र बसाेबास गर्ने बालबालिकालाई षाेषण युक्त खाना बितरण गरेकाे छ । मधुवन नगरपालिका भित्र बसाेबास गर्ने ६ महिना देखि २ बर्ष सम्मका बालबालिकालाई पाेषण युक्त खाना बितरण गरेकाे हाे । बर्दिया जिल्लामा रहेकाे मधुवन नगरपमलिकामा ९ वटा वडा रहेकाे र सवै वडाका १४ सय १ बालबालिकालाई षाेषण युक्त खाना बितरण गरिएकाे मधुवन नगरपालिकाका नगर प्रमुख गणेश बहादुर क्षेत्रि कृष्णले पालुवा खवरलाई बताउनु भयाे । उहाले नगरभित्रका सवै बालबालिका जाे ६ महिना देखि २ बर्ष सम्मका छन उनिहरूलाई क्रमश पाेषणयुक्त खाना बितरण गर्दै लैजाने नीति नगरपालिकाकाे रहेकाे समेत बताउनु भयाे ।