Friday, October 30सुदुर मिडिया द्वारा संचालित
Shadow

बाँके प्रहरी द्रारा १० लाख बराबरको मोबाईल गोदाममा छापा

  1. बाँके असोज २४

बाँके नेपालगन्ज भन्सार छलि भित्र्याएको मोबाईल राखेको गोदाममा बाँके प्रहरीले शुक्रबार दिउँसो छापा हानेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१२, कोरियनपुरमा रहेको सुशिल कुमार ठठेरले लुकाई राखेको मोबाईल गोदाममा छापा हानेका हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाको अनुसार भन्सार छलि गरि भित्र्याइएका मोबाईल र मोबाईल पार्टसहरु बरामत गरिएकोछ । प्रहरीले करिब दश लाख मूल्य बराबरको मोबाइल र मोबाइलको सामाग्री सहित ठठेरलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा ल्याइएको जानकारी दिनु भएको छ ।