Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

राष्ट्रीय युवा संघ नेपाल बर्दियाले पायो पूर्णता

बर्दिया ,राष्ट्रीय युवा संघ नेपाल जिल्ला कमिटि बर्दियाले एकता प्रक्रियालाई पूर्णता दिएको छ । राष्ट्रीय युवा संघ नेपाल बर्दियाले  सोमबार एक बिज्ञप्ति जारि गर्दै सो कुरा बताएको छ ।

बर्दिया जिल्लाको एकता प्रक्रियालाई संगठनको बिधि बिधान तथा केन्द्रीय कार्यालयको निर्देशन बमोजिम साबिक युवा संघ नेपाल र वाइसिएल् नेपालको एकता पश्चात ७० सदस्सीय जिल्ला कमिटि गठाना गरेको छ ।

त्यस्तै राष्ट्रीय युवा संघ नेपाल बर्दियाले स्थानीय टहहरुको समेत टुंगो लगाएको छ ।

जसअनुसार बासगढ़ी नगरपालिकाको संयोजक तथा सह संग्योजकमा क्रमश राजु शाक्य र विष्णु पहाडी, बधैयाताल गाउँपालिकाको संयोजक तथा सह संग्योजकमा क्रमश बसन्त सिंह ठकुरी र मंगल कुमार बिष्ट, गुलरिया नगरपालिकामा संयोजक तथा सह संग्योजकमा क्रमश रमेश रावल र मनोज बिक्रम न्यौपाने, मधुवन नगरपालिकाको संयोजक तथा सह संग्योजकमा क्रमश राम लामा र नारायण पौडेल, ठाकुरबाबा नगरपालिकाको संयोजक तथा सह संग्योजकमा क्रमश भुपेन्द्र खनाल र खड्का सी. सुजि रहेका छन् ।

त्यस्तै बाह्र बर्दिया नगरपालिकाको संयोजक तथा सह संग्योजकमा क्रमशलोकेन्द्र गिरि र नरेन्द्र परियार, गेरुवा गाउँ पालिका संयोजक तथा सह संग्योजकमा क्रमश बल बहादुर चौधरी र कमल आचार्य र राजापुर नगरपालिकाको संयोजक तथा सह संग्योजकमा क्रमश ओम प्रकाश यादव र बसन्ती चौधरी रहेका छन् ।