Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

कति मन रोयो यी बाबु-आमाको, दाइजो दिन नसक्दा छोरीलाई यो संसारबाट गुमाउनु पर्यो

काठमाडौं । आजको समयमा दाईजो प्रथा अझै कायम रहेको छ । यो बीचमा भारतमा एक महिलामाथि जे भयो त्यसले सबैलाई हैरान बनाएको छ । भारतको बिहार राज्यमा तीन लाख २० हजार रुपैयाँ दाइजो नल्याएको भन्दै आगो सल्काइएको छ । यो घ’टनाबाट महिलाले यो संसारबाट विदा लिएकी छिन् ।मृ’तकका बुबाले छोरीको कर्तव्य ज्या’न भएको भन्दै एफआईआर दर्ता गरेका छन् । उनले एफआईआर त्यहाँको सिवान दारुन्डा प्रहरी चौकीमा गराएका छन् । बागौरा गाउँका चन्द्र चौधरीले उनकी छोरी गुडिया देवीले गत वर्ष ताहिरी निवासी मनोज चौधरीसँग विवाह गरेको जानकारी दिएका छन् ।

केही दिन पछि, उनकी छोरीले व्यवसाय गर्न दाइजोमा तीन लाख २० हजार रुपैयाँ मागेको उनलाई बताएकी थिइन् । उनले भने, ज्वाई मनोज चौधरी, उनकी दिदी संगीता देवी र सीमा कुमारीले दिन रात मेरी छोरीलाई दुख दिन थालेका थिए । धेरै चोटि बुझाउन कोशिस गर्यौ तर मानेनन् ।उनले थप्दै भने अन्तमा नोभेम्बर ३ मा मेरी छोरीमाथि केरोसिनको तेलबाट आगो बालियो । सूचना पाएपछि तटेरीमा पुगेका उनले छोरीको ला’श आँगनमा फेला पारेका थिए । उक्त लाशलाई प्रहरीले परीक्षणका लागि पठाएको छ । प्रहरी आरोपितलाई प’क्रन लागेको छ ।