मंगलबार , मंग्सिर २१, २०७८

सात जु’वाडे जुवा अखडाबाट नि’यन्त्रणमा

कार्तिक २५, २०७७ मंगलबार 62

सात जु’वाडे जुवा अखडाबाट नि’यन्त्रणमा

काठमाण्डाै, २५ कार्तिक । प्रहरीले जुवातास खेल्ने सात जनालाई सोमबार साँझ प’क्राउ गरेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मध्यविन्दु–२ शेरीस्थित नारायणजङ्घ कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले मध्यविन्दु–७ का ३० वर्षीय भवानीशङ्कर थनेत, ३१ वर्षीय कृष्ण कुमाल, मध्यविन्दु–१ का ४३ वर्षीय खोरबहादुर चौधरी, मध्यविन्दु–२ का ३७ वर्षीय सुनबहादुर आलेमगर, ५३ वर्षीय हेमलाल थनेत, ३३ वर्षीय उदय उप्रेती र ४५ वर्षीय पदम रानालाई प’क्राउ गरेको कार्यालयका सूचना अधिकारी विशाल तामाङले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट रु ४२ हजार १७०, विदेशी मुद्रा २६० दिराम र तीन बुक ताससमेत बरामद गरेको तामाङले जानकारी दिनुभयो । उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुरअन्तर्गत अनुसन्धान कार्य अघि बढाइएको तामाङले बताउनुभयो ।

लागु औषधसहित १ प’क्राउ

इलाका प्रहरी कार्यालय दुम्कीबासले लागुऔषधसहित एक जनालाई आज पक्राउ गरेको छ । विनयी त्रिवेणी गाउँपालिका–१ होङ्सी जाने गेट नजिकैबाट सोमबार प्रहरीले लागुऔषधसहित तनहुँ जिल्ला भानु नगरपालिका–१ का २२ वर्षीय अर्जुन परियारलाई प’क्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले डाइजापाम २०५ एम्पुल, फेनारगन १८७ एम्पुल र नुर्फिन २०४ एम्पुल बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी तामाङले बताउनुभयो । पक्राउ परेका परियारलाई लागुऔषध तथा नियन्त्रण ऐन, २०३३ बमोजिम कसुरअन्तर्गत अनुसन्धान कार्य अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।