Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

सरकारले पुस्तक कर हटायाे

काठमाडौं, २५ कात्तिक । सरकारले पुस्तकमा लगाइँदै आएको कर हटाउने निर्णय गरेको छ ।

पूर्वअर्थमन्त्री युवराज खतिवडाले पुस्तक आयातमा १० प्रतिशत भन्सार महसुल लगाउने निर्णय लिनुभएकाे थियाे । तर अर्थमन्त्रीमा बिष्णु प्रसाद खतिवडा आएसँगै उनले पुस्तकमा लगाइँदै आएको कर हटाउन प्रस्ताव सोमबारको मन्त्रिपरिषद् बैठकमा पेश गर्नुभएकाे थियाे । सो प्रस्ताव बैठकले पारित गरेपछि अब पुस्तकमा कर नलाग्ने भएको एक मन्त्रीले जानकारी दिए ।

यसैगरी कोरोनाभाइरसविरुद्धको खोप आयातका लागि प्रक्रिया थाल्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ । त्यसका लागि अर्थ, स्वास्थ्य र परराष्ट्र सचिव सम्मिलित एक समिति गठन गरिएको ती मन्त्रीको भनाइ छ ।