Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

उपचारका क्रममा मृ’त्यु भएका बर्दियाका युवकमा काेराेेेना देखियाे

कोहलपुर २४, कात्तिक । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृ’त्यु भएका बर्दियाका २९ बर्षिय युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । बर्दिया ठाकुरबाबा नगरपालिका–२ का ती पुरुषको उपचारका क्रममा सोमवार दिउँसो १ः४५ बजे मृ’त्यु भएको अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा स’मस्या भएपछि ती पुरुषलाई कात्तिक २३ गते अस्पताल लगिएको थियो । कोभिडसँग मिल्दो जुल्दो लक्षण देखिएपछि उनको आज विहान नमूना संकलन गरिएको थियो ।

तर रिपोर्ट नआउँदै उनको मृ’त्यु भएको बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । उनको आज साँझ ६ बजेमात्र रिपोर्ट कोरोना पोजेटिभ आएको हो । योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाको मृतक संख्या ३० पुगेको छ ।

–Swasthye page