Friday, November 27सुदुर मिडिया द्वारा संचालित
Shadow

ट्वाइलेटको पानी र खुट्टाले पिठो मुछेर बनाएको देखेपछि तोडियो हजारौ पुग्ने पानीपूरी पसल

काठमाडौं । जुनसुकै मौसम होस, पानीपूरी महिलाहरुको सर्वाधिक मनपर्ने परिकार हो । कतिपयले आफैं घरमा बनाएर पानीपूरी, चटपटेलगायत अमिलो, पिरो परिकार खाने गर्छन । तर युवतीहरु विशेष गरेर कलेज पढ्दै गरेका वा जागिर भएकाहरु बाहिर बनेको पानीपूरी साथिसँगै मिलेर खाने गर्छन ।यसलाई स्वास्थ्यका लागि लाभदायक मानिएको छैन, तर स्वादका लागि धेरैले मन पराउँछन् । तर भारत महाराष्ट्रको कोल्हापुर जिल्लाबाट बाहिर आएको एक आश्चर्यजनक घटनाले सबैको होस उडाउन सक्छ ।

भएको के भने पानीपूरी विक्रेताले मसलादार पानीमा शौचालयको पानी मिसाएको खुल्न आएको छ ।यस घटनाको एक भिडियो सामाजिक सञ्जालमा पनि उपलब्ध छ । भिडियोमा, पानीपूरीवालाले शौचालयको पानीले आफ्नो क्यान भरेको देख्न सकिन्छ । त्यसपछि, उसले पानी आफ्नो हातमा लिन्छ र पानीपूरीको मसलासँग मिसाउँछ। प्राप्त जानकारी अनुसार पानीपूरी प्रायः कोल्हापुरको रंकला ताल नजिकै पानीपूरीको ठेला लाग्थ्यो र चर्चामा पनि थियो । त्यहाँ पानीपूरी खान आउँनेहरुको ठुलो भिडभाड हुने गर्थ्यो । हज्जारौ मानिस झुम्मिन्थे ।

तर यसरी शौचालयको पानी थपेको घटना थाहा पाएपछि स्थानीय मानिसहरूले उक्त ठेलालाई त्यहाँबाट हटाएका छन् । मिडिया रिपोर्टका अनुसार ति पानीपूरीवालाको भिडियो सार्वजनिक भएपछि रिसाएको भीडले बेलुका घटनास्थलमा पुग्दा हातपात गरेर उनको ठेला पनि पल्टाइदिएका थिए । यस विषयमा पानीपूरीवालाको पनि बयान आएको छ । उसले उक्त पानी हात धुनका लागि राखेको बयान दिएको छ । उसका अनुसार धेरै व्यक्तिहरूले उनीमाथि हात हालेर उनको ठेला पनि पल्टाएका छन् ।हाल यस अवस्थामा कुनै कानुनी मुद्दा दर्ता गरिएको छैन ।

यस्ता धेरै भिडियोहरु रहेका छन् । जहाँ यसरी फोहोर तरिकाले पानीपूरी बनाएर प्रत्यक्ष जनताको स्वास्थ्यसँग खेलवाड गर्ने गरिन्छ । यति मात्र यो विषयको मामला हैन । भारतका कयौँ ठाउँमा पानीपूरीका लागि पूरी बनाउँने ठाउँ छन् ।त्यहाँ बनेका पूरीहरु नै भारतका अधिकांश शहर र नेपालसम्म आइपुग्छन् । त्यहाँ पूरी बनाइरहेको एक दृष्य आएको छ । पूरी बनाउन बनाउने पिठो कामदारले खुट्टाले मुछिरहेका छन् । त्योपनि सिमेण्टको खुला भूईमा थुपारेर खुट्टाले धमाधम मुछिरहेका हुन्छन् ।उनले मात्र धोति लगाएका छन् ।                                                          शरीरबाट पसिनाका धारा चुहिरहेका छन् । खुट्टामा घाउ देखिएका छन् । अरु के–के चुहिएको होला हामी यहाँ भन्दा लेख्दैनौँ । किनकी आफैलाई आङ्ग सिरिङ्ग भइरहेको छ । पानीपूरी खाँदा एकदम ध्यान दिनुहोस् हामी यत्ति मात्र भन्छौ । आफ्ना साथीभाईलाई सेयर गरेर सचेत गराउन भने नभुल्नुहोला । साभार नेेपाल समाचार