Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

काेराेना खाेप परिक्षणमा सफलता, विश्व जगतमा महान दिन बन्ने

एजेन्सी, २४ कात्तिक । कोरोना भाइरसविरुद्धको पहिलो प्रभावकारी खोपले ९० प्रतिशत भन्दा बढी मानिसहरुलाई कोरोना संक्रमणबाट बचाउने एक प्रारम्भिक विश्लेषण देखाएको छ ।अमेरिकी विकासकर्ताहरू (फाइजर र बायोटेक) ले यसलाई विज्ञान र मानवताका लागि महान दिनको रूपमा वर्णन गरेको छ । उनीहरुको ति खोपहरु ४३ हजार ५ सय मानिसहरुमा ६ वटा देशहरुमा परीक्षण गरिएको र कुनै प्रकारको असुरक्षाको चिन्ता खडा नभएको जनाइएको छ ।

कम्पनीहरूले महिनाको अन्त्यसम्म खोप प्रयोग गर्न आपतकालीन अनुमोदनको लागि आवेदन गर्ने योजना बनाएका छन् । विश्वभर दर्जनौ खोपहरु अन्तिम चरणमा रहेका छन् । जसमध्ये परिणामहरू देखाउन यो पहिलो खोप रहेको जनाइएको छ।

यो पूर्णरुपमा प्रयोगात्मक दृष्टिकोण प्रयोग गर्दछ । जसमा भाइरसको आनुवंशिक कोडको अंश इन्जेक्सन समावेश गर्दछ । हालसम्म संयुक्त राज्य अमेरिका , जर्मनी , ब्राजिल , अर्जेन्टिना , दक्षिण अफ्रिका र टर्कीमा गरिएको यो खोपको परीक्षणमा ९० प्रतिशत सफलता हात परेको खोप विकासकर्ताहरुको दावी छ ।

यसै बर्षको अन्त्यसम्ममा ५ करोड प्रति खोप उत्पादन गर्ने लक्ष्य पनि विकासकर्ताहरुको भनाइ छ । यो खोपको विकास र सफलता सुन्दा पनि मन रमाएको र यो समाचारले एक कानले अर्को कानमा खुसीको सञ्चार गराउने अक्सफोर्डका प्रोफेसर पिटर हर्बीको भनाइ छ ।
बीबीसीबाट