Wednesday, December 2सुदुर मिडिया द्वारा संचालित
Shadow

सल्यानमा देउसि भैलाेे खेल्न प्रतिबन्ध

मनाेज डागि  रुकुम पश्चिम कार्तिक २३  कर्णाली प्रदेश सल्यान जिल्लामा यो बर्ष देउसी-भैलो खेल्न नपाइने भएको छ। जिल्ला सुरक्षा समिति सल्यानको कार्तिक २२ गते बसेको बैठकले कोरोना संक्रमण कोभिड-१९ को जोखिम कायम रहेको भन्दै देउसी-भैलो खेल्न प्रतिबन्ध लागेको हो। शुभ दिपावली नजिकिदै गर्दा देउसी-भैलो नखेल्न , स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न ,अनावश्यक आवतजावत र भिडभाड नगर्न, अनिवार्य रुपमा मास्कको प्रयोग गर्न ,भोज भतेर नगर्न जाड रक्सी नखान तथा जुवाताज नखेल जो जहा छ त्यहि बसेर चाडपर्ब मनाउन जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गोबिन्द थापा क्षेत्रीले सम्पुर्ण आम नागरिकलाई आह्वान गर्नु भएको छ । पटाका पट्काउने तथा आतिश बाजी गर्ने कार्य गर्दा स्वास्थ्यमा प्रतिकुल असर पर्ने साथै आगलागी भै जनधनको क्षेति हुने भएकोले विस्फोटक पदार्थहरु खरिद बिक्रि तथा ओसार पसार नगर्न समेत जिल्ला प्रहरी कार्यालय सल्यानले आग्रह गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक लक्ष्मण अाेलीले जानकारी दिएका छ्न । सुचनाको पूर्णरुपमा पालना गर्न र यदि सूचना बिपरित कार्य गरेको पाइएमा कडा कारबाही गरिने जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गोबिन्द थापा क्षेत्रीले बताएका छ्न । जिल्ला सुरक्षा समिति सल्यानको कार्तिक २२ गते बसेको बैठकले आउँदै गरेको महान चाड दिपावली को अवसरमा कुनै पनि देउसी भैलो कार्यक्रम आयोजना गर्न नपाईने निर्णय गरेको छ । Covid 19 को बढ्दो संक्रमण लाई मध्यजर गरी कुनै पनि भेला जम्मा तथा देउसी भैलो कार्यक्रम आयोजना गर्न नहुने निर्णय गरेको हो ।