Monday, November 30सुदुर मिडिया द्वारा संचालित
Shadow

धर्म निरेपेक्षतालाई कमजाेर बनाउने काम भयाे – सभामुख सापकाेटा

काठमाडौं, २४ कात्तिक । सभामुख अग्निप्रसाद सापकोटाले मुलुकको परिवर्तनलाई कमजोर बनाउने प्रयत्न भइरहेको खुलासा गर्नुभएको छ ।
गणेशमान सिंहको जन्मजयन्तीका अवसरमा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानको कार्यक्रममा सभामुख सापकोटाले धर्मनिरपेक्षता लगायतका परिवर्तनलाई कमजोर बनाउने प्रयत्न भइरहेको बताउनुभयो ।

उहाँले सवै आन्दोलनलाई शान्तिपूर्ण रुपले संस्थागत गर्न सकेकै कारण मुलुकमा परिवर्तन सम्भव भएको उल्लेख गर्दै सजक भएर अघि बढ्नुपर्ने समय आएको दावी गनुर्भयो ।

त्यस्तै, नेकपा संसदीय दलका उपनेता एवं संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानलाई बलियो बनाउनुपर्ने भन्दै कमी कमजोरीलाई सच्चाउदै अघि बढ्नुपर्ने बताउनुभयो । नेपाली भूमिलाई नक्सामा समावेश गर्दा सवै राजनीतिक दल एक ठाउँमा उभिएको भन्दै मुलुकलाई बिकासको बाटोमा अघि बढाउन पनि सवै दल एक हुनुपर्ने उहाँको आग्रह थियो ।

कार्यक्रममा राष्ट्रिय जागरण अभियन्ता तथा सीमाविद् बुद्विनारायण श्रेष्ठलाई शान्ति स्वर्ण पदकबाट सम्मानित गरिएको थियो ।