समाचार
नेपाल र बगंलादेश बिचको फुटबल खेल लाईभ हुने, नेपालमा यसरी हेर्न सकिन्छ ।।
नेपाली राष्ट्रिय फुटबल टिम र बंगलादेशबीचको मैत्रीपूर्ण खेलको प्रत्यक्ष प्रशारण हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले मैत्रीपूर्ण खेल प्रत्यक्ष प्रशारण हुने जनाएको छ । नेपाल र बंगलादेशबीच कात्तिक २८ र मंसिर २ गते दुई मैत्रीपूर्ण खेल हुनेछ ।
खेलको प्रत्यक्ष प्रशारण बंगलादेशमा बंगलादेश टिभी र टि स्पोर्ट्सले गर्नेछ । यस्तै नेपाल र बंगलादेशबीचको खेल हुने समय समेत तय भएको छ । खेल बंगबन्धु रंगशालामा नेपाली समय अनुसार बेलुकाको सवा ५ बजे हुनेछ ।
मैत्रीपूर्णका लागि २५ खेलाडी सहित ३४ सदस्सीय नेपाली टोली ढाका पुगिसकेको छ ।
नेपालमा लाईभ कसरी हेर्ने ?
नेपालमा लाईभ हेर्नको लागी अहिलेसम्म कुनै अफिसियल जानकारी आएको छैन । तर मोबाईल एप्लिकेशनबाट हेर्न चाहनेहरुका लागी तल दिईएको एप डाउनलोड/ईन्स्टल गरेर लाईभ हेर्न सक्नुहुनेछ ।