Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

माधव नेपाललाई राखे ओलीले यस्तो प्रस्ताव, हेर्नुहोस्

काठमाडौं ।प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई आफु अप्ठ्यारोमा परेकोले सहयोग गर्न प्रस्ताव गरेका छन्। बालुवाटारमा भएको भेटवार्तामा ‌ओलीले यस्तो प्रस्ताव गरेको उक्त भेटमा सहभागी नेकपा नेता सुरेन्द्र पाण्डेले बताए। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच नेताले सचिवालय बैठकका लागि सहमति माग्दै लिखित पत्र बुझाएको भोलिपल्ट प्रधानमन्त्री ओलीले नेता नेपाललाई बालुवाटार बाेलाएका हुन् । उनी भने स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई लिएर बालुवाटार पुगेका थिए ।

भेटमा प्रधानमनत्री ओलीको भनाइ उद्धृत गर्दै पाण्डेले भने म यतिबेला अप्ठ्यारोमा परेको छु। तपाईंको सहयोगको खाँचो छ। सहयोग गर्नुपर्‍यो। प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपणपछि झनै जोश बढेर गएको अनुभव सुनाएका थिए । अपरेसनपछि झनै जोश बढेको छ, फुलेका जुँगा कालो हुन थालेको छ ओलीको भनाइ थियाे। नेता नेपालले पार्टी एकता जोगाउन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए। पार्टीमा तपाईं (ओली) पहिलो नम्बरको अध्यक्ष पनि हो। पार्टी एकता जोगाउन पनि सबैभन्दा बढी जिम्मेवारी तपाईंकै हुन्छ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै नेता पाण्डेले भने पार्टीमा साथीहरूले सचिवालय बैठक माग गरिरहनु भएको छ।

बैठक गरौं। त्यहीँ छलफल गरौं। यसपछि प्रधानमन्त्री ओलीले नेता नेपालसँग बैठक राख्न आफू सकारात्मक भएको तर त्यसका लागि आफूलाई सहयोग गर्न आग्रह दोहोर्‍याएका थिए। पार्टीमा आएका समस्याको समाधान गर्ने विषयमा पनि अध्यक्ष ओलीको योजनाबारे नेता नेपालले प्रश्न राखेका थिए। भेटमा छलफल मात्रै भएको तर कुनै निष्कर्ष ननिस्किएको बताइएको छ।