Wednesday, November 25सुदुर मिडिया द्वारा संचालित
Shadow

डिसेम्बरमा आउने भयाे काेराेनाकाे खाेप

एजेन्सी, २३ कात्तिक । एस्ट्राजेनेका फार्मासियुटिकल्सले कोभिड-१९ बिरुद्धको औषधि बजारमा चाँडै आउने दावी गरेको छ । कोभिड १९-बिरुद्धको औषधि निर्माण गरिरहेको कम्पनी एस्ट्राजेनेका फार्मासियुटिकल्सको प्रबन्धक पास्कल सोरियटले २०२१ को जनवारी तिरै कोभिड-१९ बिरुद्धको औषधि आउने बताउनुभएको छ ।

उहाँले कोभिडको औषधि निर्माण गरिहेको आफ्नो कम्पनीको नियमक निकायहरुले पनि निगरानी गरिरहेको बताउदै औषधि निर्माणको काम यही डिसेम्बर भित्रमा सकिने र नियमक निकायले पनि सोही समयमा यिमनको काम सके २०२१ को पहिलो महिना भित्र औषधि आउने तर्क गर्नुभएको छ । उहाँले औषधि निर्माको कामलाई नियमक निकायले निरन्तर निगरानी गरिरहेको पनि जानकारी दिनुभएको छ ।

एंलो-स्वीडिस कम्पनी एस्ट्राजेनेकाले बेलायतमा अक्सफोर्ड विश्वविद्यालयसँग सहकार्य गरी खोप बनाइरहेको छ । यसअघि दुई वटा परीक्षण सफल भइसकेको छ । त्यस्तै अहिले तेस्रो चरणको परीक्ष्ण पनि प्रभावकारी देखिएको एस्ट्राजेनेका चीनका अपरेसन हेड लियोन जाङले साउथ चाइना मर्निङ पोस्टलाई जनाएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीको लडाइमा यो खोपले ठूलो सहयोग गर्ने गर्ने अपेक्षा गरिएको छ । साभार न्युज २४