Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

दुखद खबर, बर्दियामा दु’र्घटनामा परि श्रीमान श्रीमतिको ज्’यान गयो

कार्तिक २३,बर्दिया
हुलाकी सडक खण्ड नेपालगञ्ज गुलरीयामा पर्ने पचासामा सडक दु’र्घटना हुँदा दुई जनाको ज्’यान गएको छ ।

बर्दियाको बढैयाताल गाउँपालिका बडा नं ८ पचासा नजिक गए राति करिब ८ बजेतिर ट्रयाक्टर र मोटरसाइकल ठो’क्किँदा मोटरसाइकलमा सवार दुई जनाकै ज्’यान गएको छ।

नेपालगन्ज तर्फबाट आएको बाईकमा सभार पचासा वडा नं ७ निवासी ललिता रिमाल र अर्जुन रिमालको मृ’त्यु भएको जानकारी जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको छ । पूर्व नेपालगञ्ज बाट गुलरियातर्फ जाँदै गरेको भे ३ प ७८७० को मोटरसाइकल र काठ लिएर विपरीत दिशाबाट जाँदै गरेको भे १ त ५०९९ को ट्रयाक्टर एक आपसमा ठ’क्कर खाँदा २५ वर्षीय अर्जुन रिमाल र २३ वर्षीय ललिता रिमालको दु’र्घटनामा परि मृ’त्यु भएको छ।

दु’र्घटना पश्चात् नाजुक अवस्थामा रिमाल दम्पतिलाई उपचारको लागि नेपालगन्ज पठाइएको थियो र उपचारकै कर्ममा दुबैको ज्यान गएको जानकारी जिल्ला ट्राफिक प्रहरी बर्दियाले दिएको छ। बर्दिया प्रहरीका अनुसार ट्रयाक्टर र ट्रयाक्टर चालक दुबै प्रहरीको नियन्त्रणमा रहेका छ्न। घ’टनाका कारण अझै पनि खुल्न नसकेको र प्रहरी अनुसान्धान मै रहेको जानकारी ट्राफिक प्रहरी कार्यालय बर्दियाले दिएको छ।